झापा , भदौ १३ । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरणकुमार भुजेल बनेका छन् ।

आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए । गएराति घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जज तथा प्रतिस्पर्धी अनुपस्थित रहे । आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्