झापा , भदौ १३ । प्रदेश १ मा गएको २४ घण्टामा झापाका १९ सहित ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४७, सुनसरीमा २४, धनकुटामा १९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।झापाको दमकमा ७ महिला र ९ पुरुष, झापा गाउँपालिकामा १ महिला र २ पुरुषका संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसको बारेमा इमेल प्राप्त भइनसकेको दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले बताए । त्यस्तै विराटनगरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरका महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला र ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, बेलबारी र सुनबर्षीमा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, दुहवीमा ३ महिला र ६ पुरुष, धरानमा २ महिला र ४ पुरुष, , धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ । प्रदेशमा शनिबार ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेसन केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ । प्रदेशमा शनिबार १ हजार २२० जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म प्रदेशमा ८६ हजार ४२२ जनाको पिसिआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्