झापा भदौ, १४ । आइतबार झापामा ९ जनामा कोरोना संक्रमित थपिएका छन् । झापाको कन्काईमा २ महिला र ६ पुरुष, झापा गाउँपालिकामा १ जनामा पुरुषमा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै आइतबार प्रदेश– १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २ र प्रदेश १ बारिहका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
विराटनगरमा थप ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार २१ महिला र २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।


मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । उता सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला र ४ पुरुष, इनरुवामा १ महिला र ५ पुरुष, धरानमा १ महिला र ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यस्तै, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला तथा प्रदेश– १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका २३ जना छन् भने ९ जना अन्य प्रदेशका छन् । आइतबार मात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान १७ का २ जनाको मृत्यु भएको छ । मृत्यु हुने आमाछोरा हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्