झापा भदौ १४ । जिल्ला प्रशासन कार्यालय झापाले सात दिनका लागि दमक नगरपालिका र कमल गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी भदौ २० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । समुदायमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले आइतबार राति १२ बजेबाट निषेधाज्ञा लगाउने निणर्य गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । निषेधाज्ञामा अत्याबश्यकबाहेकका सेवा बन्द रहने उनले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्