एजेन्सी । बेलारुसमा राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोविरुद्ध विशाल प्रदर्शन भएको छ ।

आइतबार हजारौं मानिसले उनीविरुद्ध सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अवस्था तनावपूर्ण भएको छ । राजधानी मिन्स्कस्थित स्वतन्त्रता स्क्वायर लगायतका धेरै महत्वपूर्ण स्थानहरु ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ ।प्रदर्शनका क्रममा आइतबार १२५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको त्यहाँको आन्तारिक मामिला मन्त्रालयले जानकारी दिएको छ । प्रहरीका अगाडि प्रदर्शनकारीहरुले जथाभावी नाराहरु लगाएका थिए । बेलारुसमा अगष्ट ९ मा सम्पन्न निर्वाचनपछि प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीहरुले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै पद त्याग्न आग्रह गरिरहेका छन् । लुकाशेन्को विगत २५ वर्षदेखि सत्तामा रहेका छन् । उनले भने निर्वाचनमा कुनै धाँधली नभएको दाबी गर्दै आएका छन् । उनले आफूलेका पद त्याग्नुपर्ने कुनै कारण नभएको अडान लिइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्