बिर्तामोड, भदौ १५ । लायन्स क्लब अफ बिर्तामोड सिटीले बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाना खुवाएको छ ।

मासिक कार्यक्रमअन्तर्गत लायन्स क्लब अफ बिर्तामोड सिटीले आइतबार ३३ जना आश्रित र पाँचजना कर्मचारीसहित ३८ जनालाई बेलुकाको एक छाक खाना खुवाएको हो ।
खाना खुवाउनुअघि भएको कार्यक्रममा लायन्सका एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा र एरिया चियर पर्सन ओम बिमलीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संयोजक तथा सचिव उपेन्द्र बानियाँले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रवक्ता हिमाल खरेलले गरेका थिए । क्लबका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य दिपक साफीले धन्यवाद ज्ञापन गरेका थिए ।
क्लबले यसअघि गौरीगञ्ज र बिर्तामोडका करिब एक सय विपन्न परिवारलाई खाद्यान्न विरतण गर्नुका साथै बिर्तामोडमा मास्क वितरण, एकका लागि एक अभियानलाई आर्थिक सहयोगलगायतका कार्यक्रम गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्