झापा, भदौ १५ । प्रदेश– १मा पहिलो पटक, निजी क्षेत्रबाट भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । झण्डै दुई दशकदेखि सञ्चालनमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी सञ्चालनमा ल्याइएको हो ।


एक कार्यक्रमकाबीच कोभिड अस्पतालको प्रदेश– १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेको विशेष उपस्थितिमा उद्घाटन भएको हो । विश्व नै आक्रान्त बनाएको कोरोना भाइरसबाट संक्रमित बिरामीहरुले अस्पतालको शैया नपाएर घरमै बस्न बाध्य भएको बेला न्यूरोले कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । ४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको र केही दिनभित्र पीसीआर परीक्षण प्रयोगशालासमेत स्थापना गरिने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले बताए ।
अस्पतालले कोभिडको सम्भावित विरामीहरुको लागि विभिन्न प्याकेजसमेत ल्याएको छ । कोभिड अस्पतालको सञ्चालन साथै अस्पतालले कोभिड सम्बन्धी अन्यहरु सेवाहरु RT PCR TEST LAB, कोभिड हेल्थ चेकअप प्याकेज, Basic Housepital Package, Premium Housepital package  पनि सञ्चालनमा ल्याएको डाइरेक्टर भट्टराईको भनाइ छ ।

यता, कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अस्पतालले भेन्टिलेटरसहितको आईसियु बेड सञ्चालनमा आएपछि जनतामा केही राहत हुने बताए । यस्तै व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रदेश– १ मै प्रतिष्ठित अस्पतालको रुपमा चिनिएको न्यूरोले सेवाग्राहीको चापलाई मध्यनजर गरी निजीस्तरमा खोलिएको कोभिड अस्पतालले कोरोनाको महामारीलाई केहि हदसम्म भए पनि रोक्न सहयोग गर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्