हामी नेपालीहरु विश्व जगतमा वीर गोर्खालीको नामले परिचित छौं । यो सत्य–तथ्य भनाइलाई सम्झी हामीले सही ढंगबाट चल्नु पर्ने हुन्छ । तब मात्र यो भनाइ सार्थक बन्न जान्छ । हाम्रो देश वा मातृभूमि नेपाललाई वीर गोर्खाको देशको नामले विश्वसामु चिनाउनु हामी सबैका लागि गर्वको कुरा हो । विश्वमा नेपाल देशलाई वीरको नामले चिनाएका छौं र अझ पूर्णरुपमा चिनाउनु पनि आवश्यक छ । तर, वीर गोर्खालीका सन्तान हामी आप्mनो मातृभूमि नेपाल आमालाई दिनरात रुवाउने काम गरिरहेका छौं । यो हामी सवै नेपालीहरुको र नेपाल देशको दुर्भाग्य हो। मातृभूमि नेपाल देशका सन्तानहरु हामी किन एक अर्काको सुख दुःखलाई ख्याल नगरी अरुको आँड र भरमा एकले अर्कालाई उचाल्ने, दबाउने काममा अग्रसर बनिरहेको छौं ? हामी सबै नेपाल आमाको सन्तान हौं भन्ने किन सोच्दैनौं ? हामी नेपालीहरुसंग यसको जवाफ छ …? आखिर केका लागि तराई, पहाड र हिमालको परिभाषा दिएर नेपाल आमालाई दिनरात रुवाईरहेका छौं ।

यदि नेपाल आमाको हामी सपुत हौं भने नेपाल आमालाई रुवाउने काम चाँडोभन्दा चाँडो रोक्नु पर्छ । हामी सबै मिलेर नेपाल आमाको आँखाबाट बगेको आँशु पुछ्नतर्फ लाग्नु पर्छ । त्यसै त नेपाल आमा होनहार, कर्मठ युवा शक्तिहरुलाई विदेशिएको देख्दा–देख्दै, आफ्ना चेलीबेटीहरु दोस्रो–तेस्रो मुलुकमा बेचिएको देखेर, भोको पेटमा अन्न दिने उर्वर जमिनहरु सिंचाई सुविधाको अव्यवस्थाले मरुभूमिमा परिणत भैरहेको र मातृभूमि नेपालमा जन्मिएका विद्वान, वैज्ञानिक र शिक्षित व्यक्तिहरु वैदेशिक डलरमा बेचिएको देखेर पहिल्यैबाट रोइरहेकी छिन् । यसैमा देश सञ्चालन गर्नु हुने नेतृत्वहरुको ध्यान जानु पर्छ अनि मात्र नेपाल आमा खुशी हुनेछिन् नत्र भने नेपाल आमाको दिनरात बगिरहेको बलिन्द्र आँशुको धाराले हामीलाई सरापी रहनेछ । हाम्रो भलाई एक हुने छैन, दुई हुने छैन, तीन हुने छैन । हामीमा एकले अर्काको कुरा सुन्ने र बुभ्mने शक्तिको जरुरी छ । हामी जुनसुकै पार्टीमा आस्था र बिचार राखे पनि यसमा कुनै दुई मत छैन । कुनै पनि पार्टीको सिद्धान्त र उद्देश्य गलत कदापि हुँदैन, हुन्छ त केवल हाम्रो सोच, विचार र व्यबहारमा । यो हामीले सोच्नु र बिचार गर्नु अत्यन्त जरुरी छ ।हामी नातावाद र कृपावादको पछि लागेर यतिसम्म लाचार बनेका छौं कि, नेपाल आमाको सन्तान हौं भन्ने कुरा पनि बिर्सिएर जातिवादको ध्वजा ओढेर अझ नेपाल आमालाई धुजा–धुजा पारिरहेका छौं । यही हो त वीर नेपालीहरुको काम र कर्तव्य…. ? यो मेरो पार्टी र कार्यकर्ता हो भनेर बोक्ने, गलत काम गर्नेलाई प्रोत्साहन दिने काम कुनै पनि पार्टीका नेता कार्यकर्ता र समर्थकहरुले भुलेर पनि गर्नु हँुदैन ।

देशका सोझा सीधा नेपाली आमाको सपुतहरुलाई कसैले पनि अरुको आँड र भरमा बलिमा चढाउने कामलाई रोकिनु पर्छ । भाइचाराको रुपमा अरु कुनै, कसैको कुरालाई नमानी–नसुनी नेपाल आमालाई हसाउने काममा काँधमा काँध मिलाउनु पर्छ ।

यदि आप्mनो पार्टीका नेताहरु, कार्यकर्ताहरु र समर्थकहरुले नेपाल आमाका सपुतहरुमाथि अन्याय, अत्याचार, शोषण र दमन गर्छन् भने मातृभूमि आमा नेपाललाई सम्झी कारवाही ग¥यौं भने हाम्रो नेपाललाई अझ विश्वमा चिनाउन सफल हुने छौं । नत्र भने हिमाल, पहाड र तराईका नेपाल आमाका सन्तानहरु हामी एक दिन खान र लाउन नपाएर नांगिनु पर्ने स्थिति पनि देखा पर्न सक्छ। त्यसैले हामी नेपाल आमाका सपुतहरु मनबाट तेरो–मेरो भन्ने शब्दलाई हटाउनु जरुरी छ । मौका पाउँदैमा कालाबजारी गर्नेहरुमाथि हामी स्वयं नेपाली जनता अघि बढी कारवाही गर्नु पर्छ । तराई पहाड हिमालको नङ र मासुको सम्बन्धको मूल मन्त्रलाई जपी अगाडी बढ्नु पर्छ । हामी यो पनि सम्झनु जरुरी छ– “देश रहे जनता, जनता रहे नेता ।” एक अर्काको बल र भरमा, एकले अर्कालाई हेप्ने र दमन गर्ने काम गर्यौ भने कैलालीको टिकापुर घटना पनि सामान्य भई देशमा भैरहेका नरसंहार अझ बढी भै कुरुक्षेत्र र महाभारतको लडाई सुरु हुन पनि बेर छैन । कहाँबाट आउँछ हावा, हुरी र आँधिबेहेरी त्यसलाई मनन र चिन्तन गरी रोक्नु जरुरी छ र त्यसको डटेर सामना गर्नु पर्छ । हामी नेपाली सपुतहरु, कुनै पनि पार्टीका नेताहरु, कार्यकर्ताहरु, राजनीतिज्ञ, नागरिक समाज….. आदिहरुले बेलैमा होस पु¥याउनु जरुरी छ । नकी देशका सोझा सीधा नेपाली आमाको सपुतहरुलाई कसैले पनि अरुको आँड र भरमा बलिमा चढाउने कामलाई रोकिनु पर्छ । भाइचाराको रुपमा अरु कुनै, कसैको कुरालाई नमानी–नसुनी नेपाल आमालाई हसाउने काममा काँधमा काँध मिलाउनु पर्छ । यसैमा भलाई पनि छ र हाम्रो मातृभूमि आमा नेपाल देशले हामीलाई आशिर्वाद दिनेछिन् ।नत्र भने मातृभूमिको बलिन्द्र आँशुको धाराले सराप्नेछिन् र हाम्रो दुर्गति निश्चित हुने छ । अन्ततः जाँदाजाँदै हामी जो जुनसुकै पार्टीमा रहेता पनि पार्टीका नेता, कार्यकर्ता भएता पनि, गलत गर्ने, शोषन, दमन र अत्याचार गर्ने आप्mनै पार्टीका किन नहोस् उनीहरुमाथि कडाभन्दा कडारुपमा बिरोध र सामना गरी नेपाल आमालाई बचाउनु पर्छ । हामी सबै नेपाल आमाको सन्तान हौं सम्झी एक भई अगाडि बढ्नु आबश्यक छ। अनि मात्र देश प्रगति र उन्नतिको बाटोमा जाने छ । जय मातृभूमि नेपाल। हाल— बेनी, म्याग्दी

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्