एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ ।

दिल्लीस्थित सेनाको आरएण्डआर अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो । ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भीर बन्दै गएको थियो । सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ । उनले भारतको अर्थ, रक्षा र विदेश मन्त्रीजस्ता पदमा जिम्मेवारी सम्हालेका थिए । एक ब्लड क्लटका कारण उनको दिमागको सर्जरी गरिएको थियो । १० अगस्टमा उनले ट्वीट गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्