झापा , भदौ १६ । कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परी जेल चलान भएका छन् ।

जेल चलान हुनेमा साविक जलथल गाविस ८ बस्ने दुर्गाबहादुर थापा मगर रहेका छन् । २०६० कातिक ३० गते बिरिकलाल माझीलाई हत्या गरी मगर फरार रहेका थिए । खोजतलासको क्रममा गत साउन २२ गते जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक साकारराज पन्तको कमाण्डमा खटिएको बिशेष टोलीले मगरलाई मेचीनगर १२ स्थित सहरेडाँगीबाट पक्राउ गरेको थियो । उनलाई झापा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि हिजो जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्