शिवसताक्षी, भदौ १८ । बिर्तामोडको एनआइसी एसिया बैंकमा काम गर्ने शिवसताक्षीकी एक महिलामा कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले ती महिलाको सम्पर्कमा आएकाहरुलाई सेल्फ होम क्वारेन्टाइनमा बसिदिन र अरुले पनि सतर्क रहिदिन अपिल गरेको हो । शिवसताक्षी वडा नं. ६ निवासी २४ वर्षीया ती महिलाको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिने नगरपालिकाले जनाएको छ
बिर्तामोड रत्न सुपर मार्केटका सुनचाँदी व्यवसायीको परिवारका दुई जनामा भदौ ९ गते संक्रमण देखिएको थियो । ती संक्रमितहरुको सम्पर्कमा आएका २०० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । जसको रिपोर्टमा चार जना व्यवसायी र एनआइसी एसिया बैंककी ती महिला कर्मचारीमा हिजो संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्