झापा , भदौ १९ । झापाको शिवसताक्षी नगरपालिका ११ का २८ वर्षीय गोमनसिंह मगरको घाँटी रेटेर हत्या गरेको आरोपमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय मनकुमार लिम्बु छन् ।यद्यपि अनुसन्धान बाँकी रहेकाले पक्राउ परेका व्यक्तिको नाम खुलाउन नमिल्ने झापाका एसपी कृष्णप्रसाद कोइरालाले बताएका छन् । शिवसताक्षी जाने सडक किनार नजिकैको जंगलमा मगरको बीभत्स हत्या भएको थियो । हत्या गरी उनको शव फालिएको थियो । मगरको घाँटी र गर्धनमा धेरै पटक धारिलो हतियारले काटिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले तीन दिनपछि हत्यारा पत्ता लगाउन सफल भएको हो । तीन दिनअघि शिवसताक्षी नगरपालिका ११ मैनाचुलीका मगरको हत्या भएको हो । उनको शव सतासीधाम जाने बाटोमा भेटिएको थियो । मगर गत मंगलबारदेखि बेपता थिए ।
बुधबार रतुवामाई वृक्षारोपणका वन रक्षकले शव देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । मगरको घाँटी तथा शरीरको विभिन्न भागमा चोट रहेको छ । मंगलबार साँझ फोन गरेर भेट्न बोलाएर लिम्बुले गोमानसिंहको हत्या गरेको खुलेको हो । प्रहरीका अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल फर्केका थिए । आरोपी लिम्बु पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । दुई जनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको देखिएको प्रहरी स्रोतले बतायो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले घटनाका विषयमा जानकारी दिन शनिबार पत्रकार सम्मेलन राखिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्