झापा , भदौ २४ । रातभर जसो परेको पानीले झापाको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

जिल्लाका सबै नदी तथा खोलामा बाढी आएको छ । जिल्ला भएर बहने नदी तथा खोलामा पानीको बहाब बढेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बिहान ७ बजेसम्म कहिँ पनि क्षति भएको जानकारी नआएको जनाए । उनले प्रहरी मातहतका कुनै पनि युनिटले क्षतिको जानकारी नगराएको बताए ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सबै उपशाखा र मातहतका निकायका कर्मचारीले बुझ्ने काम गरिरहेको र अहिलेसम्म अप्रिय विवरण नआएको बताए । यद्यपि, बिहान ५ बजे जल तथा मौसम विज्ञान विभागले पछिल्लो ३ घण्टा झापाको चन्द्रगढी, इलाम झापाको सीमा मैनाचुली लगायत झापाको धेरै स्थानमा ठूलो वर्षा भएको र थप हुने जनाएको छ । विभागले मेची,निन्दा, बिरिङ,मावा—रतुवा, कनकाई नदीको तल्लो तटीय क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले बिहान १० बजेसम्म सतर्क रहन भनेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्