भद्रपुर, भदौ २४ । नेपाली कांग्रेसका संस्थापक नेता महामानव वीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली काँग्रेस भद्रपुर नगर समितिले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

काँग्रेस नगर समितिको आयोजनामा भद्रपुर १० चन्द्रगढी स्थित वीपी चौकमा रहेको कोइरालाको शालिकमा माल्यार्पण गरिनुका साथै त्यस क्षेत्रमा सरसफाई गरिएको हो ।
नगर उपसभापति ज्ञानबहादुर चौहानको सभापतित्व तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमनत्री कोइरालाले लोकतान्त्रिक समाजवाद स्थापनामा दिएको योगदानको स्मरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले विश्व राजनीतिमा प्रजातान्त्रिक समाजवाद नीतिका लागि वीपीको योगदान अविस्मरणीय रहेको स्मरण गर्दै गरिवको उन्नतिका लागि वीपी चिन्तन अपरिहार्य रहेको बताएका छन् ।
नेता सिटौलाले गरिब, दुखी, किसान, मजदुरको उन्नतिका लागि काम गर्न सक्ने सामथ्र्य नै वीपीको समाजवादभित्रको सिद्धान्त रहेको प्रष्ट पारे ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलाले नेपाली राजनीतिमा प्रवेश गरेको विकृति अन्त्यका लागि पनि वीपीवादको विकल्प नरहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्