न्युयोर्क , भदौ २४ । अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका झापालीहरूलाई संगठित गरी आपसमा भाइचारा र बन्धुत्वको सम्वन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गठन भएको झापाली समाज यु.एस.ए., प्रथम अधिवेशनको तयारीमा जुटेको छ ।
झापाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्ने मुख्य नीतिअन्तर्गत काम गरिरहेको समाजको आगामी कार्यक्रम गरिब तथा जेहेन्दार बिद्यार्थीहरूको शिक्षामा सहयोग गर्ने रहेको छ । जसका लागि न्यूनतम नेपाली रू.२५ लाखको अक्षयकोष स्थापना गरी शैक्षिक क्षेत्रको सुधार गर्न सहयोग गर्ने र शिक्षाको पहुँचबाट टाढा भएका विद्यार्थीहरूलाई एक व्यक्तिले कम्तीमा एक बिद्यार्थीको उच्च माध्यमिक तहसम्मको अध्ययनका लागि सहयोग गर्ने अभियान शुरू गरिने भएको छ ।‘शिक्षामा सबैको पहुँचको लागि सामुहिक योगदान, एक व्यक्ति एक विद्यार्थी हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सेप्टेम्बर १२ र १३ मा भर्चुअल सम्मेलन गर्ने निर्णय गरिएको हो । समाजले सम्मेलनको उद्घाटन समारोहमा प्रदेश नं. १ का अन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की प्रमुख अतिथि तथा अतिथिहरूमा संघीय संसदका साँसद राजेन्द्र लिङ्देन, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, अमेरिकाका लागि नेपाली राजदुत अर्जुनबहादुर कार्की, नेपाल बार एसोशिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा झापा विकास मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाललगायत झापा जिल्लाका विभिन्न संस्थाका प्रतिनिधि र झापाली समाजका विभिन्न राष्ट्रका प्रतिनिधिहरूलाई निमन्त्रणा गरेको छ ।
समाजले सम्मेलनको तयारीस्वरूप सदस्यता वितरण र क्षेत्रीय समितिको गठनलाई तिव्रता दिएको छ । मेरिलेन्ड, भर्जिनिया तथा डिसी एरियालाई समेट्ने गरी मोहन उप्रेती(शिवगञ्ज) को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिमा सन्तोष प्रसाई (धुलावारी) उपाध्यक्ष, तोया पौड्याल (गौरादह) सचिव, आशिष संग्रौला (सुरूङ्गा) कोषाध्यक्ष तथा सदस्यहरूमा दुर्गा सिटौला (दमक), रूद्र ढुंगेल (दमक), अर्जुन ढुंगेल (जलथल), कुवेर संग्रौला (सुरूङ्गा), रमेश खनाल (अर्जुनधारा), विजय राजवंशी (बनियानी), गुरू ओली (बुधवारे), राजकुमार ओली रोजा (बुधवारे), नारायण शिवाकोटी (भद्रपुर), भुमा खरेल (भद्रपुर), दिपेन खरेल (दमक), लक्ष्मी मिश्र (घैलाडुब्बा), इन्दिरा अधिकारी (दमक), सरोज उप्रेती (गरामनी), गौरी रिसाल (गौरादह), प्रदिप अधिकारी (दमक), प्रविण खड्का (दुर्गापुर), उमेश निरौला (दमक), कमल न्यौपाने (पृथ्वीनगर), कला चुडाल (घैलाडुब्बा) तथा तारा सुवेदी (दमक) चयन भएका छन् । साथै डा.गोपी उप्रेती (गरामनी), डा. मदन उप्रेती (शिवगञ्ज), डा. महेन्द्र कार्की, खगेन्द्र अधिकारी (दमक), प्रेम संग्रौला (बिर्तामोड), कविन्द्र सिटौला (बिर्तामोड), सीता पाण्डे, गुणराज लुइटेल (दमक), कृष्ण भण्डारी (अर्जुनधारा), यामकुमार सिटौला (हल्दिवारी), चेतन सिटौला (दमक), तेजकी ओली (बुधवारे), त्रिलोचन प्रसाई (पाँचगाछी), मनिष पोखरेल (चन्द्रगढी), मोहन निरौला (दमक) तथा मिलन राई (गौरीगञ्ज) रहेको सल्लाहकार समिति पनि गरिएको छ ।
त्यसैगरी सेप्टेम्वर ५ टेक्सास एरियाको भर्चुअल भेलाले डा.पर्शुराम दाहाल (चन्द्रगढी)को अध्यक्षतामा विनु खतिवडा (कोरोवारी) उपाध्यक्ष,श्रद्धा अधिकारी (दमक) सचिव, रवि वशिष्ठ (चन्द्रगढी), दिपक भट्टराई (दमक) कोषाध्यक्ष तथा सदस्यहरूमा सविता पोखरेल (सुरूङ्गा), केदारप्रसाद गिरी (चारपाने), रमेश पौडेल (दमक), गोपाल गड्तौला (भद्रपुर), लेखनाथ निरौला (गौरादह), प्रेम बाँसकोटा (बिर्तामोड), भुपाल कट्टेल (भद्रपुर), छविलाल हुमागाईँ (केचना केवल), किशोर संजेल (दमक) रहेको समिति गठन गरेको छ । समाजका उपाध्यक्ष प्रदिप तिम्सिनाले संचालन गरेको भेलालाई समाजका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगाना, महासचिव निलम विमली, एनआरएन एनसीसी अमेरिकाका सल्लाहकार वादल भुजेल, नेपाल वारका पूर्व अध्यक्ष तथा झापा विकास मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेती, मेरिल्याण्ड भर्जिनिया डिसी च्याप्टरका अध्यक्ष मोहन उप्रेती, भद्रपुर क्याम्पसका पूर्व प्राध्यापकद्वय भेषराज शिवाकोटी र सूर्य अधिकारी, एनआरएन आइसीसीका मानार्थ काउन्सिल सदस्य वेद बस्नेत, नेप्लिज सोसाइटी टेक्सासका अध्यक्ष दिनेश शर्मालगायतले सम्वोधन गरेका थिए ।