झापा, भदौ २६ । इटहरीमा सात दिनभित्र सय बेडको आइसोलेसन निर्माण गरिने भएको छ । इटहरी रंगशालामा निर्मित खेल भवनहरुलाई आइसोलेसन बनाइन लागिएको हो । आइसोलेसनका लागि अहिले भवनसम्म पुग्ने बाटो पुर्ने, बिजुली, पानी लगायतको व्यवस्थापनका कामहरु भइरहेको व्यवस्थापन उपसमिति संयोजक भूपेन्द्र बरालले जानकारी दिए ।

इटहरीमा केही समयअघि क्वारेन्टाइनको व्यवस्थापन गरिए पनि आइसोलेसन भने व्यवस्थापन गरिएको थिएन । कोभिड १९ को महामारी बढ्दै गएपछि इटहरीले पनि छुट्टै आफ्नै आइसोलेसन बनाउन लागेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्