बिर्तामोड , भदौ २५ । दुबईको प्रसिद्ध ब्राण्ड ‘सुपर जेनेरल’का सामानहरू अब झापाको बिर्तामोडमा नै पाइने भएको छ । नेपालका लागि आधिकारिक बितरक गोल्छा अर्गनाइजेशन अन्तर्गत भुदेब ट्रेडिंगले नेपाली बजारमा भित्र्याएको सो ब्राण्डका सामानहरूको बिक्री झापाको बिर्तामोडमा रहेको एसजी इलेक्ट्रोनिक्सले शुरु गरेको हो । बिर्तामोडका व्यवसायी लक्ष्मण शिवाकोटी , गरामनीका व्यवसायी कुमारप्रसाद सिटौला , बुट्टावारीका व्यवसायी नितेश गौतमले एक करोड रुपैयाँको लगानीमा शनिश्चरेरोडमा सञ्चालनमा ल्याएको एसजी इलेक्ट्रोनिक्सले शुक्रबारबाट दुबईको प्रसिद्ध ब्राण्ड ‘सुपर जेनेरल’का सामानहरूको बिक्री शुरु गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी , सचिव रवीन भट्टराई लगायतले एसजी इलेक्ट्रोनिक्सको उद्घाटन गरेका थिए । कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले अन्तर्राष्ट्रिय ब्राण्ड ‘सुपर जेनेरल’ का सामानहरु बिर्तामोडको एसजी इलेक्ट्रोनिक्समा उपलब्ध हुनु खुशीको कुरा भएको बताए ।
संसारभरि ५० देशहरूमा फैलिएको, ‘सुपर जेनेरलका सामान दुबई मुख्य कार्यालय रही रहेको ‘सुपर जेनेरल’ मिडल इस्टकै सुप्रसिद्ध ब्राण्ड भएकोले ग्राहकको माग बमोजिम ‘सुपर जेनेरल’का सामानहरूको बिक्री शुरु गरेको एसजी इलेक्ट्रोनिक्सका सञ्चालक कुमारप्रसाद सिटौलाले बताए ।
हरेक सामानमा फ्युज सिष्टम लगायत बिशेष प्रबिधी रहेको हुनाले यसका सामानहरू उत्कृष्ट रहेको उनले बताए ।

ग्राहकहरुका लागि लक्की ड्र सञ्चालन गरी उपहार समेत प्रदान गरिने उनले वताए ।
‘सुपर जेनेरल’ ब्राण्डका वासिंग मेसिन, एसी, ग्यास गिजर, कविंग रेञ्ज, वाटर डिस्पेन्सर, माईक्रोवेभ ओभन, एअर कटेन, लगायतका सामानहरु ग्राहकहरुले सर्बाधिक रुचाउनुका साथै ती सामानहरुमा १ बर्षदेखि १० बर्षसम्मको वारेन्टी रहेको एसजी इलेक्ट्रोनिक्सका सञ्चालक नितेश गौतमले बताए । उद्घाटनका अवसरमा हरेक सामानमा पाँचदेखि १५ प्रतिशत छुटको व्यवस्था गरेको र यो अवधि पाँचदिनसम्म रहने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्