बिर्तामोड, भदौ २६ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवा केन्द्रले आज आफ्ना ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको छ ।

संस्थाका विभागीय प्रमुख विजय बस्नेत र बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालको नेतृत्वमा अन्य कर्मचारी र बजार प्रतिनिधिहरु सम्मिलित टोलीले २६ सयदेखि १५ हजार रुपैयाँसम्म उपचार सहयोग हस्तान्तरण गरेको हो ।
सदस्य स्वयम्को, उसका श्रीमान् वा श्रीमतीको, बुवा वा आमाको, छोरा छोरीको उपचार गर्दा लागेको खर्च राहतस्वरुप प्रदान गर्ने संस्थाको सदस्य राहत नीतिमा उल्लेख छ । सिम्रिकका शेयर सदस्यले गर्ने नियमित कारोबार, शेयर लगानी, आवधिक बचत आदिका आधारमा सदस्य राहत प्रदान गर्ने नीति रहेको तालिम विभाग प्रमुख बस्नेतले बताए ।
आज बिर्तामोड क्षेत्रका सदस्यहरुलाई एक लाख चार हजार ९४८ रुपैयाँ उपचार राहत हस्तान्तरण गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख खनालले बताएका छन् । सदस्यहरुको घर, पसल आदि स्थानमा नै पुगेर उपचार राहत प्रदान गरिएको सेवा केन्द्र प्रमुख खनालले जानकारी दिए । योसँगै संस्थाले आइतबारदेखि आज शुक्रबारसम्म २ लाख २२ हजार ३३९ रुपैयाँ राहत तथा सुविधा प्रदान गरेको छ । यही साता मेचीनगर जोरसिमलका दिपक क्षेत्रीको निधनमा संस्थाले राहत सुविधावापत दुई लाख २८ हजार ७०० रुपैयाँ प्रदान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्