दमक , भदौ २७ । झापाको दमक घर भई हाल अमेरिका बस्दै आएका सञ्चारकर्मी सुदिप पन्तले दमकको एक संस्थालाई १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

संचारकर्मी पन्त

परोपकारी काममा सक्रिय रहँदै आएको दमकको असहाय मानव सेवा समाजलाई उनले सो सहयोग उपलव्ध गराएका हुन् ।
नेपाल–अमेरिका पत्रकार महासंघ (नेजा ) का अध्यक्षसमेत रहेका उनले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिदै आएको बन्दाबन्दी,निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्दै आएका समुदाय खान नपाएकाले त्यस्ता लक्षित समुदायलाई दैनिक निशुल्क भोजनको व्यवस्था गर्नका लागि उक्त सहयोग उपल्व्ध गराएका हुन् ।

संस्थाले गरेको सहयोग

महिलाहरु मात्र आवद्ध रहेको सो संस्थाले सरकारले गरेको वन्दाबन्दीको समयमा दमकमा महिना दिनसम्म विपन्नलाई खाना खुवाएको थियो । संस्थाले दैनिक खाना खुवाउन स्रोत जुटाउन नसक्दा पछिल्लो समय भने खाना वितरण कार्य रोकिएको थियो ।
दाता पन्तले स्वेच्छिक रुपले अति विपन्नलाई विहान वेलुका खाना खुवाउन लाग्न चाहिने रकम उपलव्ध गराएपछि फेरि खाना खुवाउन लागिएको संस्थाकी अध्यक्ष चेतना निरौलाले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्