झापा , भदौ २७ । अबैध चार किलो गाजासहित दमकमा एकजना पक्राउ परेका छन् ।

इलाम माङ्सेबुङ गाउँपालिका ६ घर भई दमक १ मामा चोकस्थित सुन्दर लावतीको घरमा डेरा गरी बस्ने २६ वर्षिय अर्पण राई पक्राउ परेका हुन् । लुकाई छिपाई राखी बेचबिखन गर्दै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको कोठामा रहेको काठको पलङमा झोलामा राखेको प्रतिबन्धित ४ केजी ५८ ग्राम गाजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्