बिर्तामोड , भदौ २७ । बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले झापा नाटक घर निर्माणका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

स्थापनाको नवौ बर्ष प्रबेशको अबसरमा झापा साहित्य प्रतिष्ठानद्वारा आयोजित प्रथम काव्य सभाका बीच सहकारी संस्थाले झापा नाटक घर निर्माणका लागि नगद सहयोग गरेको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले क्षितिज नाट्य समूहलाई चेक हस्तान्तरण गरेका थिए ।केही दिनअघि सो सहकारी संस्थाले कोटिहोमको पिसिआर प्रयोगशालाका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्