दमक , भदौ २७ । आज साँझ दमकमा तास खेल्दै गरेका पाँच भुटानी शरणार्थी एक लाख सन्ताउन्न हजार रकमसहित पक्राउ परेका छन् ।

साँझ ६ बजेतिर दमक नगरपालिका ३ को बेलडागी २ शिबिरस्थित सेक्टर ए४ हट न.२४५ बस्ने मनु गुरुङको घरमा तास खेल्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सेक्टर न.ए४ हट न.२३२ बस्ने ३८ वर्षिय प्रकाश राई, सेक्टर न.बी ३ हट न.३०५ बस्ने ३६ वर्षिय नरेश दाहाल, सेक्टर न.बी ४ हट न.३६६ बस्ने ३६ वर्षिय कुमार तामाङ, सेक्टर न.ई २ हट न.१०५ बस्ने बिर्खमान राई र सेक्टर न.बी २ हट न.१९८ बस्ने २४ वर्षिय सन्तबीर तामाङ रहेका छन् । घरधनी काठमाण्डौमा भई खाली घरमा तास खेलिरहेको बिशेष सूचनाको आधारमा गएको ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोलीले पक्राउ गरेको हो ।उनीहरुको साथबाट एक लाख सन्ताउन्न हजार नगदसहित एक बुङ तास बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इप्रका दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्