भद्रपुर, २७ भदौ । पाताल काली मन्दिरको वार्षिक साधारणसभाको अवसर पारेर समाजका दुई जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

भद्रपुर ७ स्थित पाताल काली मन्दिरको आज सम्पन्न आठौँ वार्षिक साधारणसभाको अवसरमा जेष्ठ नागरिक दानबहादुर घिमिरे र अन्नपूर्णा खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । संस्थाले प्रत्येक वर्ष दुईजना जेष्ठ नागरिकलाइ सम्मान गर्दै आइरहेको छ ।
सभाले आगामी तीन वर्षे कार्यकालका लागि जीवनमणि लम्साल अध्यक्ष रहनेगरी १३ जना कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा लिलादेवी पोखरेल,सचिव मातृका तिम्सिना,सह–सचिव डम्बरी बस्नेत र कोषाध्यक्षमा वासुदेव नेपाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा जगन्नाथ खतिवडा,विवेक लम्साल , पर्शुराम नेपाल, दिवस घिमिरे, मुना धमला, मदन धमला, दानबहादुर घिमिरे र फुलमाया तामाङ रहेका छन् ।
त्यस्तै हरिश्चन्द्र नेपालको संयोजकमा चन्द्रकान्त घिमिरे,उत्तम नेपाल,घनश्याम प्याकुरेल र तुलसी लम्साल सदस्य रहने गरी सल्लाहकार सिमिति छनौट भएको छ । त्यसैगरी सभाले हरि कोइराला संयोजक रहने गरी लेखा समिति चयन गरेको छ । समितिका अध्यक्ष हरिश्चन्द्र नेपालको सभापतित्व तथा वडा नम्बर ७ का अध्यक्ष विनोदकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको सभामा सांगठानिक प्रतिवेदन अध्यक्ष र कोषाध्यक्ष वासुदेव नेपालले आर्थिक वर्ष ०७६।७७ को आय–व्यय र आगामी आर्थिक वर्ष ०७७।७८ को अनुमानित खर्च विवरण सार्वजनिक गरेका थिए । जीवनमणि लम्सालले स्वागत गरेको कार्यक्रममा चन्द्रगढी काली मन्दिरका सह–सचिव घनश्याम प्याकुरेल, पत्रकार उत्तम नेपाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव मातृका तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्