झापा, भदौ २८ । सिन्धुपाल्चोकमा गएराति गएको पहिरोले ९ घर पुरेको छ।

जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले ९ घर पुरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । पहिरोले पुरिएर १५ जना वेपत्ता भएका छन् । स्थानीय शिक्षक बजीर भण्डारीको भनाइ उद्धृत गर्दै न्यौपानेले भने, ‘नागपुजेमा पुरिएका घरका धेरै मानिस बेपत्ता छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिने कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्