भद्रपुर, भदौ २८ । भद्रपुर जेसीज प्रथम पाठशाला कचनकवलको आयोजनामा कचनकवल ६ स्थित बनियानीमा सम्पन्न रक्तदान कार्यक्रममा ६७ जनाले रगत दान गरेका छन् ।

झापामा देखिएको रगत अभावप्रति लक्षित गरी आयोजित कार्यक्रममा ५ महिलासहित ६७ जनाले रगत दान गरेका हुन् । रेडक्रस झापाको प्राविधिक संयोजन रहेको रक्तदान कार्यक्रम भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेलको सभापतित्व तथा प्रदेश सांसद बसन्त बानियाको प्रमुख आतिथ्यमा भएको महासचिव खिलनाथ पाण्डे निकाशले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्