बुद्धशान्ति, भदौ २९ । झापाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पूर्वेली साप्ताहिक पत्रिका पाँचं बर्ष पूरा गरी छैटौं बर्षमा प्रवेश गरेको छ ।

बुद्धशान्ति मिडिया हाउस प्रालिद्वारा प्रकाशित पत्रिका २०७१ सालमा बिधिवत रूपमा दर्ता भएको थियो । पूर्वेली प्रेस काउन्सिल नेपालद्वारा स्थानीय ‘ख’ श्रेणीको वर्गीकृत पत्रिका हो । झापा जिल्लाका विभिन्न स्थानीय तह र इलामका केही स्थानमा वितरण हुँदै आएको पत्रिकाका अध्यक्ष चन्द्र कोईरालाले बताएका छन् ।
प्रविधिको विकाससँगै पत्रिकाले अनलाइन समेत सुरु गरेको छ । अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको पत्रिकाका सम्पादक अनिल वाग्लेले बताए । जिल्लाको उत्तरी भेगमा सञ्चारमाध्यमको विकास नभएको बेला बुद्धशान्ति गाउँपालिकालाई आफ्नो मुख्य कार्यक्षेत्र बनाई कार्यालय स्थापना गरी जनतालाई सुसूचित गर्ने उद्देश्यले निरन्तर प्रकाशन भइरहेको जनाइएको छ । पत्रिका प्रत्येक बुधबार प्रकाशित हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्