झापा , भदौ २९ । आज साँझ झापाको भद्रपुर नगरपालिका २ पृथ्वीनगरबाट १० जुवाडे नगदसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सुवास तामाङको घरबाट उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार पक्राउ पर्नेमा घरधनी तामाङसहित भद्रपुर ४ का माधव राजवंशी, रमेश लिम्बु, राजु लिम्बु, अनिश लिम्बु, भद्रपुर २ का कर्ण तामाङ , अङ्गराज दंगाल, आराबहादुर तामाङ, भद्रपुर ६ का तुरुल राजवंशी रहेका छन् । प्रहरीले जुवाको खालबाट नगद ८४ हजार ५ सयसमेत बरामद गरेको छ ।उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्