झापा , भदौ ३० । प्राइम बैंक काँकरभिट्टाकी एक महिला कर्मचारीसहित झापामा आज पाँचजनामा कोरोना संक्रमण देखिएको छ ।

प्राइम बैंक काँकरभिट्टा शाखामा कार्यरत मेचीनगर ६ की २२ वर्षिया महिला कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै भारतबाट फर्केर मेचीनगरको होटल क्वारेन्टाइनमा बसेका चार पुरुषमा पनि संक्रमण देखिएको छ । २० , २० , ४२ र ४९ वर्षका उनीहरु जिल्ला बाहिरका भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका नवीन बरालले बताए । भदौ २५ गते ६१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाउँदा ५ जनाको रिपोर्ट पोजिटिभ आएको उनले बताए । योसँगै मेचीनगरमा कोरोना संक्रमितको सँख्या १३१ पुगेको छ । त्यसमध्ये ११० जना निको भएर घर फर्किएका छन् । झापामा भने संक्रमितको सँख्या ७४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्