झापा , असोज १ । आज असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्वीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् ।

विश्वकर्मा बाबा, देवताहरुका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन् । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन् , यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक ऊर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।
विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन् । आजको आधुनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधिस्थल अनि धातुका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु सजिसजाउ अनि झकिझकाउ हुने गर्दछन् । तर, यस वर्ष कोरोना महामारीका कारण सामूहिक मूर्ति पूजा आयोजना गरिएको छैन । कोरोना महामारीका कारण सार्वजनिक यातायातहरु निर्वाध रुपले सञ्चालन हुन नपाएको ६ महिनाभन्दा बढी भइसकेको छ । आजदेखि सरकारले लामो दुरीका यातायातका साधन संचालन गर्न दिने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्