भद्रपुर, असोज १ । मानव अधिकारका लागि एकल महिला झापाको संरक्षणमा रहेका दुई बालिकालाई अभिभावकत्वका लागि एस.ओ.एस. बालग्राम इटहरीको जिम्मा लगाइएको छ ।

सांकेतिक चित्र

६४ दिनयता अभिभावकविहीन भएका ती बालिकालाई संरक्षण गरिरहेको एकल महिलाले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको रोहवरमा बालग्रामका प्रमुख डिसी चौधरीलाई जिम्मा लगाएको हो ।आफन्तबाट यौन हिंसामा परेका बालिकाका अन्य आफन्त नभएपछि एकल महिलाको छहारीमा असार ३१ गतेयता संरक्षण गरेर राखिएको थियो ।
कञ्चना सिटौलाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्