चामलमा दाल, नुन बेसार, घ्यू, आलु र गेडागुडी … आदि मिसाएर पकाएकोलाई नै खिचडी भन्ने तपाई हामी सबैलाई थाहा भएको कुरा हो । समयको बचतका साथसाथै खान पनि मिठो र शरीरलाई चाहिने पौष्टिक तत्वहरुले भरिपूर्ण भएकोले खिचडी स्वास्थ्यको लागि फाईदाजनक नै हुन्छ । ३ करोड नेपाली जनताको लागि केही त्यस्ता नेता, मन्त्री र तिनीहरुका पुच्छरहरुका साथै उच्च पदमा रहेका कर्मचारीहरुले बेला–बेलामा नेपाली जनताको लागि त्यस्ता खिचडी पकाईरहेका हुन्छन् । खाएपछि जुन खिचडीले नेपाली जनता र नेपाल आमाको छातीमा भएका करङका हड्डीहरुलाई गन्न सक्ने गरी बनाइ दिइरहेको ह्ुन्छ ।

यो नेपालीहरुको दुर्भाग्य हो । हामी सही, सत्य–तथ्य कुराहरु थाहा पाइकन बुझ पचाएका हुन्छौं । हामीमा एकताको कमी कमजोरीका कारण नै यस्ता खिचडी पकाइरहेका हुन्छन् ।२०५८ साल जेष्ठ १८ गतेको दरवार हत्याकाण्ड गराउनु, अहिले आएर फेरि राजतन्त्रको पुनर्वहाली गर्नु पर्छ भन्ने केही मुठ्ठीभरका मान्छेहरुले आवाज उठाउनु, २०७२ सालमा (वर्तमानको संविधान) बन्नुभन्दा अगाडि हाम्रा नेताहरुले बहस र छलफल गर्दागर्दै आखिर संविधान बन्यो । नेपाल धर्म निरपेक्षताको रुपमा घोषणा भयो । पुस्तौ–पुस्तादेखि मान्दै र पुज्दै आएको हिन्दु धर्मका सयौ देवीदेवतामात्र नभई, पशुपतिनाथ र मुक्तिनाथलाई हाम्रा अग्रज र नेताहरु विदेशीको करोडौं र अर्बौ डलर घुस खाएर ८०–९० प्रतिशत हिन्दु धर्ममा आस्था र बिश्वास राख्ने नेपाली जनतामाथि घात गरी धर्मनिरपेक्षता घोषणा गरे । त्यसलगतै १–२ बर्षको अन्तरालमा त्यही करोडौ र अर्बौ डलर घुस खाएकाहरुले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपालमा हिन्दु धर्म कायमै हुनु पर्छ भनेर सीधासाधा नेपाली जनतामाथि उर्दी लगाउनु यो पनि खिचडी नै हो । नेता, मन्त्री र उनीहरुको पुच्छरहरुदेखि लिएर केही त्यस्ता उच्च पदस्थ कर्मचारीहरुले जल्दोबल्दो वाइडवडी काण्ड, आयल निगमको जग्गा खरिद प्रकरण, कृषि अनुसन्धानको नाममा दाताहरुबाट आएको अर्बाैं रकम, नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा लिजमा दिएको विषय, ७० करोडको अडियो वार्गेनिङ्गको मुद्दा, सेक्यूरेटरी प्रेसको मुद्दा र औषधी खरिदमा भएको अनियमितता यो पनि खिचडी नै हो ।

खिचडीकै क्रममा सरकारी ढुकुटी रित्याएर कसैलाई पशुपालनमा करोडौ रुपैयाँ दिएको र कसैलाई बिषालु सर्प पाल्नलाई करोडौं रुपैयाँ दिनु यो सरकारको कस्तो खाले नीति र कार्यक्रम हो ?

खिचडीमा संयोगवस परेको २०७७÷५÷२९ गते दुई जना उच्च पदस्थ व्यक्तिहरुको कार्यकाल समाप्त भयो । एक जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरे र अर्का एकजना नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ । नविन घिमिरेको पद बहाली कहिले र कसरी भयो भन्ने कुरा सायद ९५ प्रतिशत नेपाली जनतालाई थाहा नहोला । नविन घिमिरेको पद कुलमान घिसिङको पदभन्दा कयौं गुणाको ठूलो र जिम्मेवारीका साथै शक्तिशाली पद थियो । नविन घिमिरेले चाहेका थिए भने ठूल्ठूल्ला टेण्डर–ठेक्कापट्टादेखि लिएर घुस खाने र घुस दिनेहरुलाई समातेर कानून बमोजिम कानूनको कठघरामा ल्याई, अर्बाै–खरबौ रकम नेपाल सरकारको ढुकुटीमा भित्रिन्थ्यो ।

खै, के गरे नविन घिमिरेले ? गरे त केवल रोडपतिहरुलाई करोडपतिमा बदल्ने काम । कुलमान घिसिङले आप्mनो पद सम्हाल्नुभन्दा पहिले नेपाल विद्युत् प्राधिकरण ३४ अर्ब ऋणमा डुबेर प्राधिकरणका कर्मचारीहरुले सही र ठिक समयमा तलबभत्ता पनि खान पाएका थिएनन् । इमान्दार, मेहनती र कर्तव्यनिष्ठ कुलमान घिसिङको यही गुणले गर्दा विगत ३४ अर्ब ऋणमा डुबेको नेपाल विद्युत् प्राधिकरणलाई ऋणबाट मुक्त गराई, दैनिक १८ घण्टाको लोडसेडिङबाट शून्यमा झारी प्राधिकरणलाई ११ अर्ब रुपैयाँ नाफामा लानु भयो । ४०० मेगावाटबाट उहाँको कार्यकालमा १५०० मेगावाट विद्युत क्षमता पु¥याउनु, नेपाली जनतालाई अध्याँरोबाट उज्यालोतर्फ लानु भएको, ९८ प्रतिशत नेपाली जनताको मन जित्न सफल कुलमान घिसिङमाथि दुईतिहाई बहुमत सरकारको मुठ्ठीभरका मान्छेहरुले के गर्न खोजेको र कस्तो खाले खिचडी बनाउन खोजेको यसको बारेमा हामी नेपाली जनताले सुक्ष्म तरिकाले बुझ्न जरुरी छ । र, हामीले कुलमान घिसिङलाई साथ दिन पनि जरुरी छ ।

खिचडीकै क्रममा सरकारी ढुकुटी रित्याएर कसैलाई पशुपालनमा करोडौ रुपैयाँ दिएको र कसैलाई बिषालु सर्प पाल्नलाई करोडौं रुपैयाँ दिनु यो सरकारको कस्तो खाले नीति र कार्यक्रम हो ? दिनरात काम गर्दा पनि एकछाक मिठो र मसिनो खान नपाएको नेपाली जनता अझ कोरोना (कोभिड–१९)का कारण र ६ महिनासम्मको लकडाउनले श्रीहीन भैसकेका छन् । ती नेपाली जनतामाथि यी रकम सही ठाउँमा सदुपयोग गरेको थियो भने नेपाली जनताले दुःख त पाउने थिएनन् । खान पाउने थिए नेपाली जनताले । उल्टो बिषालु सर्प पाल्नलाई करोडौं रुपैया दिएर, बिषालु सर्प पालेर श्रीहीन र मरणाशरणमा पुगिसकेका नेपाली जनतालाई बिषालु सर्पको टोकाइबाट अझै मार्ने हो कि ?

राज्यको ढुकुटी रित्याई करोडौं रुपैयाँ दिनु थियो भने, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई दिएको भए देशको विकास र नेपाली जनताको उद्धार र प्रगति पक्कै हुन्थ्यो । यस्ता खिचडी अभैm कति छन् छन् । खिचडीकै क्रममा मेक्सिकोमा मन्त्रीहरु भ्रष्टाचार गरेको आरोपमा फोहोरको कन्टेनरमा हालेर बजार परिक्रमा गरेको सामाजिक संजालमा व्यापक भाइरल भईरहेको छ । जनताले चाहेमा नैतिक पतन र भ्रष्टाचार गर्ने जोकोहीलाई सजाय दिन कुनै तारिख, दिन, तिथि–मिति, गते, बार र समय चाहिँदैन । जय नेपाल ।
मेचीनगर ,झापा हाल– म्याग्दी, बेनी ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्