दमक , असोज २ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कमल गाउँपालिका वडा नम्बर ३ मा आज वडा समिति पुनर्गठन गरेको छ ।

केर्खामा सम्पन्न वडास्तरीय पार्टी कार्यकर्ताहरुको भेलाले सेलिना राईको अध्यक्षतामा वडा कार्य समिति पुनर्गठन गरेको हो ।समितिको उपाध्यक्षमा लक्ष्मीदेवी बराइली ,सचिवमा भीमबहादुर पौडेल,सहसचिवमा विश्व सुव्वा र कोषाध्यक्षमा तारा आचार्य चुनिएका छन् । यसैगरी सदस्यहरुमा पुनम राई, बाबुराम बस्नेत,भुवन थेवे,अनिल थेवे,राम कार्की,टेकबहादुर कार्की, सीमा ठटाल र तारा ठटाल चुनिएका छन् ।
भेलाले हर्कबहादुर आचार्य,पर्शुराम निरौला रहेको एक सल्लाहकार समितिसहित मिना दर्जीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन समेत गठन गरेको छ ।
महिला संगठनको उपाध्यक्षमा रमा पन्दाक,सचिवमा कमला खनाल,सहसचिवमा तारा आचार्य र कोषाध्यक्षमा बिमला बिक रहेका छन् । यस्तै सदस्यहरुमा सुनिता आङवो,मीना गुरुङ,प्रेमकुमारी सुब्बा,मन्जु फागो,सानु लिम्बु,संगीता लिम्बु,अस्मिता लिम्बु,संगीता राई,कमला खनाल,गोपीकुमारी खनाल,मेनुका बजगाई,सन्जु शिवा र पुष्पकुमारी विक रहेका छन् ।
पार्टी परिचालन तथा अनुगमन समिति कमलका संयोजक दिपक खरेलको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका दमक नगर अध्यक्ष भीम पौडेल, कमल अध्यक्ष विष्णुप्रसाद पौडेल,कमल ५ का अध्यक्ष खड्गबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कमलमा पार्टी संगठन विस्तार अभियानअन्तर्गत वडा नं. ३ मा वडा समिति विस्तार गरिएको पार्टी परिचालन तथा अनुगमन समिति कमलका संयोजक दिपक खरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्