बिर्तामोड , असोज ३ । संविधान दिवसको अवसर पारेर सरकारले झापाका सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ ।

सरकारले गिरीसहित गिरीसहित ११ जनालाई सो पदक प्रदान गर्ने निर्णय गरेको हो । प्रत्येक वर्ष सामाजिक सेवामा लागेका व्यक्तिलाई समाज सेवा रत्न प्रदान गरिन्छ । बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा कार्यकारी प्रमुख, समर्पण राष्ट्रिय अभियान तथा एकका लागि एक अभियानका संयोजक रहेका गिरी कुशल योजनाकार, सफल नेतृत्वकर्ता तथा झापाका अगुवा समाजसेवी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्