शिवसताक्षी , असोज ३ । शिवसताक्षी नगरपालिका–११ दुधेका भूपु लिम्बूको म्युजिक भिडियो एल्बम “तिम्रै मायाले” बजारमा सार्वजनिक भएको छ ।

नेपाल स्टार सिंगिङ रियालिटि सोको सेकेण्ड राउण्डसम्म दमदार ढङ्गले प्रस्तुत गरेका लिम्बूले स्थानीयस्तरबाटै अर्गानिक गीत गाएर सार्वजनिक गरेका हुन् । विद्यालयमा हुने गरेका प्रत्येक सांगीतिक गतिविधिमा उत्साहका साथ गायन क्षेत्रमा आफूलाई प्रस्तुत गराएर एल्बम बजारमा ल्याउन सक्ने दख्खल राखेका लिम्बू आर्थिक रुपमा कमजोर छन् ।
आफ्नो घरसम्म नभएका उनी शिवसताक्षी ११ दूधेस्थित संयुक्त भू.पू.सैनिक भवनमा बस्दै आएका छन् । उनीसँग वुवाआमा, दुई दाजुभाइ र दुई बहिनीसहित ६ जनाको परिवार रहेका छ । स्थानीय राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययन गर्दै गरेका लिम्बूको सपना भने निकट भविष्यमा गायक हुने रहेको छ ।
आर्थिक अभावकै कारण गीत संगीतमा डुबेर लाग्न नसकेका लिम्बूलाई कतैबाट आर्थिक सहयोग हुनसके उनको सपना पुरा हुनेमा विमति छैन । युटुवमा समेत निकै राम्रो भ्युज बटुलेका लिम्बूको “ तिम्रै मायाले बाँध मलाई ,तिम्रै मुटुमा सार मलाई” प्रेमिल गीत रहेको छ । जसको शब्द संगीत स्वयं गायककै रहेको छ भने उक्त गीतमा मोडलको भूमिकामा विराज बाँस्कोटा र रुक्सुङ गुरागाई रहेका छन् । झापा र इलाम जिल्लाका बर्नेझोडाको सुसाइट पोइन्ट, इलामको सुनमाई र झापाको चारआलीस्थित पाउँ पाथीभरा लगायतका स्थानहरुमा गीतको छायांकन भएको छ ।
उक्त भिडियोको निर्देशन प्रयास घिमिरेले गरेका हुन् भने एरेन्ज ज्योति योञ्जन, छायाङ्कन किरण राई, ड्रोन एरेन्ज अम्वर पी मुखिया, प्रोडक्सन डिजाइनिङ भुवनसिंह राई र स्टुडियो सनलाईट बिर्तामोड झापा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्