मेचीनगर असोज ३ । झापाको मेचीनगर नगरपालिका –७ इटाभट्टामा गौतम सुज एण्ड गिफ्ट हाउस सञ्चालनमा आएको छ । स्थानीय अर्जुन गौतमले उक्त सुज एण्ड गिफ्ट हाउस सञ्चालनमा ल्याएका हुन् ।

शनिबार संविधान दिवसको अवसर पारेर गिफ्ट हाउस सञ्चालनमा ल्याएका हुन् । गौतमले ५ लाख रुपैयाँको लगानीमा गिफ्ट हाउस शुरु गरेकोे बताए । स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले व्यवसाय शुरु गरेको उनी बताउँछन् । व्यवसायमा गौतमलाई उनका भाइ कृष्ण गौतमले साथ दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्