बिर्तामोड, असोज ४ । कालो दिनको सन्दर्भमा जनता समाजवादी पार्टी झापाले शनिबार नेपालको संविधानमा असहमति जनाउँदै बिरोध सभा गरेको छ ।

जसपा नेपाल झापा जिल्ला अध्यक्षद्वय दिपेनबाला राई र अनुतसिंह राजवंशीको संयुक्त अध्यक्षतामा संचालन भएको कार्यक्रममा पार्टीका केन्द्र,संघीय परिषद,प्रदेश,जिल्ला , गाउँ, नगर समिति र जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । जिल्ला सचिव देवेन्द्र किशोर ढुंगानाले संचालन गरेको कार्यक्रममा युवा नेता प्रदेश सदस्य दिनेश दङ्गाल,युवा संघका केन्द्रिय सदस्य सरोज श्रेष्ठ,प्रदेश सदस्य युवा नेतृ शर्मिला आङ्गदेम्बे फेवादिन,पूर्व शान्ति समितिका अध्यक्ष सूर्यनारायण गणेश,केन्द्रिय सदस्य शिवप्रसाद आचार्य,भक्तबहादुर खेवाङ्ग,केन्द्रिय सदस्य एवं लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष प्रेमद्विप थाम्सुहाङ्ग,केन्द्रिय सदस्य एवं जनजाति महासंघका केन्द्रिय महासचिव नित्यानन्द ताजपुरिया,केन्द्रिय सदस्य एवं प्रदेश न.१का सांसद राधा थापाले अधुरो,अपुरो बिभेदकारी संविधानलाई संशोधन गरेर जबसम्म १२५ जातिको हृदयको स्पन्दन झल्किने साझा बन्दैन तबसम्म यो संविधान स्वीकार्य नहुने बताए । उनीहरुले राज्य सत्तामा बसेका शासकहरु गम्भीर नभए त्यसको परिणाम स्वयंले व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्