झापा , असोज ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भक्तिप्रसाद सिटौला पार्टीको विधान मस्यौदा समितिको सदस्यमा चयन भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनजना अध्यक्षहरुको बसेको बैठकले विधान मस्यौदा समितिको सदस्यमा झापा बिर्तामोडका सिटौलालाई चयन गरेको हो । बैठकले अन्तरिम बिधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिनभित्र विधान मस्यौदा पेस गर्नेगरी पार्टीका नेता निरन्जन थापाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । जसको सदस्यहरुमा सिटौलासँगै भरतजंग उप्रेती , श्यामबहादुर शाही , वरिष्ठ अधिवक्ता राजु बस्नेत , चन्द्र काफ्ले र रामशरण पाठक रहेको केन्द्रीय सचिवालय प्रमुखहरु धुर्वबहादुर प्रधान र भास्कर भद्राले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् । पार्टी एकीकरण हुनुअघि सहमहामन्त्री रहेका सिटौला एकीकरणपछि सचिवालय सदस्य रहेका छन् । तीनजना अध्यक्ष तोकेर अरु पदाधिकारी चयन गरिनसकेको राप्रपाले ९ सदस्यीय सचिवालय बनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्