बिर्तामोड , असोज ९ । झापाको बिर्तामोड–५ मा घरको छतबाट झरेर एक बालिकाको मृत्यु भएको छ ।

बिर्तामोड ५ बस्ने दुर्गाप्रसाद थपलियाको चारतले घरको छतबाट झरेर १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो । थपलियाकी भान्जी पर्ने कृतिका ५ दिनअघि काठमाडौबाट मावल आएकी थिइन् ।
हिजो राति १० बजे खाना खाईसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन् ।
उनलाई तत्काल उपचारका लागि बीएण्डसी हस्पिटल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्