झापा,९ असोज । झापा शिवसताक्षीस्थित माइधारका एक युवा धरानको होटलमा मृत फेला परेका छन् । शिवसताक्षीस्थित माईधार घर भई हाल धरानको बरगाछी ग्रीलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल धरान १८ को सोलुखुम्बु होटलमा झुन्डिएको अवस्थामा फेला परेको धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

दर्नाल पलंगमा ओछ्याएको तन्नाको पासो लगाएर पंङखा झुन्डाउने रडमा झुन्डिएको अवस्थामा होटलमा मङ्गलवार राती ९ः३० मृत फेला परेकामा हुन् । उक्त होटलमासंगै बसेका तीन जना युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृतक तीन जना युवतीसँग बसेको खुलेकाले २३ वर्षीया सीता श्रेष्ठ, २१ वर्षीया कंचन र २४ वर्षीया सुस्मिता श्रेष्ठलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बस्नेतले बताए ।


दर्नालले १ महिना अगाडि सीता श्रेष्ठसँग विवाह गरेको झापामा परिवारलाई जानकारी गराएका थिए । तर, सीताका अर्का श्रीमान समेत रहेको र एउटा बच्चा पनि भएको खुलेको छ । सीताले दर्नालसँग दोस्रो विवाह नगरेको बताएको प्रहरीले जानकारी दिएकी छिन् । शव आफन्तले जिम्मा लिएर दाहसंस्कार समेत गरेका छन् । शवको पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र रिपोर्ट हालसम्म नआएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्