मनिषा चम्लागाईँ । झापा असोज, ९ ।
‘छोरीको हेरचाह नगर्ने आमाबुवा जेल’ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, झापाको दमक नगरपालिकामा कोठा भाडामा बस्दै आएकी पाँचथरकी एक महिला र उनका श्रीमान् छोरीको हेरचाह नगरेको अभियोगमा जेल चलान भएका छन् ।

घटनाक्रम

इलाका प्रहरी कार्यालय दमकमा जेठ १० गते एक महिलाले आफ्नो ४ महिने शिशु खोजतलास गरिदिनको लागि निवेदन दर्ता गराइन् । निवेदनमा आफ्नो ४ महिनाको शिशु (छोरी) जन्मेको ४ दिनमा आफ्नै श्रीमान्ले कान छेड्ने बहानामा लिएर गएको र बेपता बनाएको उल्लेख गरिएको प्रहरीले जनाएको छ । बच्चा खोजतलास गर्ने क्रममा निवेदन बमोजिम प्रहरीले महिलाका श्रीमान्लाई गत ज्येष्ठ १२ गते नियन्त्रणमा लियो । प्रहरी बयानका क्रममा श्रीमान्ले बच्चा कहिले पोखराको मानिसलाई पाल्न दिएको त कहिले मारेर रतुवा खोलाको किनारमा गाडेको भन्दै फरक– फरक कुरा बताएको अनुसन्धानमा संलग्न प्रहरीले बताए ।


अनुसन्धानको क्रममा सोलुखुम्बु सोताङ नगरपालिका घर भइ हाल काठमाडौँ गोकर्णेश्वर बस्ने एक महिलाले बच्चा लगेको खुल्न आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । दमक प्रहरीले महानगरीय प्रहरी परिसर काठमाण्डौँ, प्रहरी प्रभाग बौद्ध र बालबालिका खोजतलास केन्द्र भृकुटीमण्डपसँग समन्वय ग¥यो । बौद्ध प्रहरी र बालबालिका खोजतलास केन्द्रको सहयोगले शिशुलाई उद्धार गरी दमकसम्म ल्याउन प्रहरी सफल भयो । त्यसपश्चात निवेदक आमा, चार महिनासम्म बच्चालाई संरक्षण गर्ने महिलालाई प्रहरीले अनुसन्धानको दायरामा ल्यायो ।

चार दिनको शिशुलाई हुर्काएर ४ महिनासम्म मातृवात्सल्य दिने महिला आफू निसन्तान भएको र बच्चाको इच्छा धेरै भएकोले बच्चा लगेको प्रहरीलाई बताइन् । धरानमा रहेकी आफ्नी भदैनीले एउटा बच्चा दिने मानिस फेला परेको छ, पाल्ने हो भनेपछी आफ्ना श्रीमान्लाई समेत छलेर बच्चा लिन आएको उनले बताइन् । बच्चा लाने महिला उनका र श्रीमान सामान्य ज्याला मजदुरी गरेर जीवनयापन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धान

चार दिनको शिशुलाई छुट्याएर लगे पश्चात करिब ४ महिना पछाडि मात्र किन उजुरी भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु ग¥यो । बच्चा दिएको ४ महिना पछि श्रीमान्सँग मनमुटाव शुरु भएकाले महिला उजुरी दिन आएको प्रहरी अनुसन्धानले देखाएको छ । दमकस्थित ऊँ मेचि अस्पतालमा बच्चालाई जन्म दिएकी महिलाले सुत्केरी गराउँदा आमाबुवा दुबैले वास्तविक नाम नलेखाइ फरक नाम उल्लेख गरी सुत्केरी गराएको पाइएको डिएसपी पण्डितले बताए । घटनामा आर्थिक लेनदेन भने देखिएको इप्रका दमकले जनाएको छ ।


“हामीले घटनाको शुक्ष्मरुपले अनुसन्धान ग¥र्यौ” डिएसपी पण्डित भन्छन्,“ अनुसन्धानको क्रममा जन्म दिनेआमाले समेत बच्चा हेरचाह, स्याहार नगरेको पाइयो ।” अबोध शिशुको जीवनसँग खेलवाड भएको पाइएको भन्दै इप्रका दमकले जन्मदिने आमा, बुबा, ४ महिनासम्म बच्चा स्याहार गर्ने महिला, र घटनामा संलग्न ७ जना विरुद्ध ‘बाल परित्याग’ मुद्धा दायर ग¥र्यो । मुद्धा परेका ७ जनामध्ये ६ जना पक्राउ परेको इप्रका दमकले जनाएको छ । अहिले बच्चा भने जन्म दिने आमासँगै रहेको जनाइएको छ ।


जिल्ला अदालत झापाले जन्म दिने आमालाई २५ हजार, बुबालाई १ लाख र संलग्न अन्यलाई ५० –५० हजार रुपैयाँ धरौटी माग ग¥र्यो । धरौटी बुझाउन नसकेको कारण असोज २ गते बच्चाकी आमाबुवा जेल चलान भए भने घटनामा संलग्न अरु व्यक्तिले धरौटी बुझाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्