बिर्तामोड , असोज ९ । ग्रुप च्याटमा जथाभावी बोल्दा बिर्तामोड नगरपालिका वडा नं ६ का एक युवक पक्राउ परेका छन् ।

साइबर क्राइमको आरोपमा पक्राउ पर्नेमा बिर्तामोड ६ का २० वर्षिय गौरव बुढाथोकी रहेका छन् । उनलाई बिहीबार दिउँसो बिर्तामोड प्रहरीले पक्राउ गरी काठमाडौ पठाएको छ । ग्रुप च्याटमा अश्लील शब्द बोलेको भन्दै काठमाडौंकी जुनु राईले महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी हालेकी थिइन् । उनलाई पक्राउ गरी अड्डासार गर्दै तालुक महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्