झापा , असोज ९ । झापा कारागार चन्द्रगढीका ७ कैदीबन्दीसहित १० जनालाई एकैदिन कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा एक महिलासहित ७ कैदीवन्दी , २ जना प्रहरी र एकजना महिला भान्से रहेका छन् । असोज ५ गते कारागारका १७ जनाको पिसिआर परीक्षण गराउँदा १० जनामा संक्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका क्वारेन्टाइन प्रमुख मनोज भट्टराईले बताए । यसअघि असोज ५ गते कारागारका एकजना कैदीलाई संक्रमण देखिएको थियो । त्यस्तै बिर्तामोड नगरपालिका वडा नं ५ की ६० वर्षिया एक बृद्धालाई संक्रमण पुष्टि भएको छ भने शिवसताक्षी नगरपालिका वडा नं १ का ७१ वर्षका बृद्धलाई पनि संक्रमण देखिएको छ । ती बृद्ध उपचारका लागि विराटनगर गएको र त्यहाँ पिसिआर परीक्षण गराउँदा पोजिटिभ देखिएको नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए । त्यस्तै झापा गाउँपालिकाका दुईजना पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु वडा नं ६ का रहेका छन् । एकजनाको गाउँपालिकाले पिसिआर परीक्षण गराउँदा पोजिटिभ देखिएको र अर्कालाई उपचारका लागि विराटनगर जाँदा त्यहाँ संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्