एजेन्सी । दक्षिण भारतीय र हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ ।

७४ वर्षीय बालासुब्रमण्यमले चेन्नईकोे एक अस्पतालमा अन्तिम सांस लिएका हुन् । ‘मैंने प्यार किया’ , ‘साजन’ , ‘हम आपके हैं कौन’ जस्ता सलमान खानको फिल्ममा एसपी बालासुब्रमण्यमले आवाज दिएका थिए । ८० को दशकदेखि लिएर नयाँ पिढीको शुरुआतसम्म एसपी बालासुब्रमण्यमले हिन्दी फिल्ममा गीत गाएका थिए ।उनलाई कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्