बिर्तामोड , असोज १० । झापाको अर्जुनधारा–५ स्थित बैसाबारीबाट गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय वीरबहादुर दनुवार र वर्ष २७ कै टिकाराम दनुवार रहेका छन । आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाई गोरुको टाउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भन्ने जानकारी पाएलगत्तै प्रहरी चौकी शनिश्चरेको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनीहरुले गाडेको गोरुको टाउको र खुट्टा समेत फेला पारिएको र पक्राउ परेका तीनै जनाविरुद्ध कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्