झापा , असोज १२ । झापामा आज दुई सुरक्षाकर्मीसहित चारजनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिने सुरक्षाकर्मीहरु नयाँ श्रीनाथ गण चारआलीका रहेका छन् । संक्रमितहरु २७ र ३५ वर्षका छन् । झापा कारागारको सुरक्षार्थ बसेका एकजना जवानलाई संक्रमण देखिएको हो । त्यस्तै बाहिरबाट ब्यारेकमा फर्केका अर्का जवानलाई पनि संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिएकाहरुको रिपोर्ट नेगेटिभ आएको व्यारेकले जनाएपनि भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले शव व्यवस्थापनमा खटिएका एक जवानलाई संक्रमण देखिएको बताएका छन् । त्यस्तै बिर्तामोड नगरपालिका वडा नं ८ का ५३ वर्षिय एक पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ । आफन्तलाई उपचारका लागि धरान लिएर गएका व्यक्तिमा संक्रमण देखिएको हो । उनको ट्राभल हिस्ट्रीका आधारमा पिसिआर परीक्षण गर्दा पोजिटिभ भेटिएको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । त्यस्तै झापा गाउँपालिका वडा नं ६ का ३५ वर्षिय पुरुषलाई पनि संक्रमण देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्