भद्रपुर , असोज १५ । झापाको भद्रपुर–७ अन्जनी मोडमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर ६ रंगियाडाँडाका ४७ बर्षीय संजित राजबंशी रहेका छन् । अन्जनी मोडस्थित मामा घर आएका राजवंशी अन्जनी मोडदेखि १ सय मिटर पश्चिम बागडोरा खोलामा दिउँसो १२ बजे करेन्ट लगाइ माछा मार्न गएका थिए । त्यसक्रममा आफैलाई करेन्ट लागेर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि ओमसाई हस्पिटल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्