संसारलाई मुस्कानले सुधार गर्नुहोस् भन्ने नाराका साथ आज विश्व मुस्कान दिवस मनाईंदै छ । मुस्कान सबैको लागि महत्वपूर्ण भएकाले मुस्कानको महत्वलाई आत्मसात् गर्न प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रवार विश्वभर मुस्कान दिवस मनाइन्छ । आज त्यही दिन हो ,पैसा नलाग्ने चिज हो मुस्कान । तर, पनि मानिस किन कञ्जुस्याइँ गरिरहेको छ, अचम्म लाग्छ । मुस्काउन हामी किन जान्दैनौँ, मलाई यही कुराले बेलाबेला पिरोल्छ । ए बाबा पैसा लाग्दैन, केही खर्च हुँदैन । मिहिनेत गर्नैपर्दैन । खिसिक्क हाँसिदिए पुग्छ, तर पनि हामी किन हाँस्दैनौँ ।

एक चीज, जो हामीसित छ त्यो हो मुस्कान। जो हरकोहीलाई दिन सक्छौँ निशुल्क । दिएर कोही सानो हुँदैन, बरु उसको हाइट बढ्छ । तर पनि हामी लोभ गरिरहेका छौँ हाँस्न । बाटोमा हिँड्दाहिँड्दै कसैसँग ठेस लाग्यो, मानौँ उसको गल्ती थियो होला, हामी आफैँले मुस्कान दिएर सरी भनौँ न । के बिग्रन्छ । रिस त शत्रु हो । यसले शत्रुता जन्माउँछ । मुस्कान मित्र हो, यसले मित्रता जन्माउँछ । एउटा मिठो मुस्कान, जसको मोल करोडौँको छ, जो अनमोल छ । यो जति दिए पनि बाँचुन्जेल रितिन्न ।
मुस्कान हरेकसँग हुन्छ । मुस्कुराउन हरेकले जानेको हुन्छ । तर पनि हामीलाई गाह्रो हुन्छ । मानौँ हरेक पटक मुस्कुराएको बदलामा नगरपालिका गाउँपालिकालाई वा कुनै पनि कर कार्यालयहरुमा ट्याक्स भर्नु परेजस्तो गरेर हामी हाँस्दैनौँ । मानौँ हरेक पटक मुस्कुराउँदा उसको गोजी रित्तिएको जस्तो गर्छौ । मुस्कुराउनु व्यर्थ हो जस्तो गर्छौँ । मुस्कुराउँदा अनिष्ट हुन्छजस्तो गर्छौँ । मानौँ मुस्कुराउँदा अस्वस्थ भइन्छजस्तो गर्छौँ । चिकित्सकहरु त झन् रिसाहा मानिसभन्दा मुस्कुराउने मानिस स्वस्थ हुन्छ भनेर भनिरहेका छन् ।

मानौँ हरेक पटक मुस्कुराउँदा उसको गोजी रित्तिएको जस्तो गर्छौ । मुस्कुराउनु व्यर्थ हो जस्तो गर्छौँ । मुस्कुराउँदा अनिष्ट हुन्छजस्तो गर्छौँ । मानौँ मुस्कुराउँदा अस्वस्थ भइन्छजस्तो गर्छौँ । चिकित्सकहरु त झन् रिसाहा मानिसभन्दा मुस्कुराउने मानिस स्वस्थ हुन्छ भनेर भनिरहेका छन् ।

वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरेपछि मानिसहरुको ध्यान मुस्कानको महत्वतर्फ केन्द्रित भएको थियो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिकरुपमै मनाउन थालिएको हो । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यसबेलादेखि उनको सम्झनामा बनेको विश्व हार्वे बल मुस्कान फाउण्डेसनले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । यस फाउण्डेसनको नारा भने संसारलाई मुस्कानले सुधार गर्नुहोस् , भन्ने रहेको छ ।

कुनै पनि विषयमा मुस्कुराएर शुरुवात गर्न हामी कहिल्यै जानेनौँ । त्यसैले त हामी पछि परिरहेका छौँ । पहिला मुस्कुराउँदै ‘हाइ,’ या ‘हेलो,’ भन्देनौँ ओइ भनेर बोलाउँछौँ । ‘हाइ,’ ‘हेलो,’ भन्ने संस्कार हाम्रो मुलुकमा छैन । तर कमसेकम कसैसित कुनै कुरा सोध्दा, कसैको पसलमा केही खरीद गर्न जाँदा, पसलमा कोही ग्राहक आउँदा कम्तीमा हामी मुस्कुराइदिन त सक्छौँ । वास्तवमा कसैलाई देखेर मुस्कुराउनु भनेको एउटा सुमधुर सम्बन्धको ढोका खुल्नु जत्तिकै हो । तर पनि हामी मुस्काउँदैनौँ ।
मलाई उदेक लाग्छ, हजारौँ खर्च गरेर किनिने सामान किन्न जाँदा फुलेर बस्ने व्यवसायीदेखि, घन्टौँ कुरेर सेवा लिन जाँदा रिसाउने कर्मचारीदेखि, बाटोमा झुक्किएर ठोक्किदा रिसाउनेदेखि । कसैका अघिल्तिर मुस्कुराउनु यति ठूलो लगानी हो जसले कुनै बैँक, कुनै बित्तीय संस्थानले दिन नसक्ने ब्याज दिन्छ । जो सयौँको सामान हजारौँमा बेच्न जान्दछ, त्यो असली व्यापारी होइन । असली व्यापारी त्यो हो जो करोडौँको मुस्कान आफ्नो गाहकको स्वागत गर्न निःशुल्क खर्चन्छ ।
अन्त्यमा, कसैले सोध्न सक्छ, तपाईं हामीमा के चाहिँ यस्तो चिज छ, जसले सजिलै अरुलाई आकर्षित गर्न सक्छ ? त्यो चिजले हाम्रो मनोभाव हाम्रो व्यक्तित्वलाई दर्शाउने गर्दछ । यसमा धेरै सोच्नै पर्दैन, यो चिज हाम्रो मुस्कान हो । कुनै पनि औपचारिकता र मजबुरीबाट मुक्त हाम्रो मिठो मुस्कान । मुस्कान हाम्रो मनबाट निस्किएको एउटा यस्तो भाव हो जसले हाम्रो वरिपरिको मानिसलाई पनि खुशी तुल्याउँछ र सबैलाई आफूतर्फ आकर्षित गर्छ । आजको मुस्कान दिवसबाट हामीमा परिवर्तन आओस् र सबैलाई हाँसी खुशी बाँच्न प्रेरित गरोस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्