रामप्रसाद ढुंगेल,
युएई । युएईको रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंडले आफ्नै लगानीमा इकमर्स व्यवसाय सुरुवात गरेकी छन् ।

नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्य लिएर यो व्यापार शुरु गरेको युवा व्यवसायी कल्पनाले बताएकी छन् ।
कोरोनाको कारण फस्टाउन थालेको अनलाइन कल्चरलाई सदुपयोग गर्न कल्पनाले राकमा फामकल स्टोर्स एलएलसी संचालनमा ल्याएकी हुन् ।
युएईमा कार्यरत सबै देशका नागरिकलाई नेपाली उत्पादनहरुबारे जानकारी दिई नेपाली उत्पादनको बजारीकरण गर्न आफूले यो व्यवसाय शुरु गरेको व्यवसायी कल्पनाले जानकारी दिएकी छन् ।

नेपाली टि–सर्ट, नेपाल र नेपाली झन्डा अंकित सामानहरु, पस्मिना, चरेसका थाल, भादगाउँले टोपी, हस्तकलाका सामग्री,आकर्षक गहनाहरु लगायतका नेपालीपन झल्काउने सामानहरु बिक्री गरिने व्यवसायी कल्पनाले जानकारी दिएकी छन् ।
नेपाल वा युएईमै रहेका नेपालीले कुनै मौलिक हस्तकलाका सामग्री तयार पारेको खण्डमा उक्त सामग्रीको बजारीकरण गर्न सघाउले व्यवसायी कल्पनाले बताइन् ।
अमेरिकाको लोकप्रिय अनलाइन इकमर्स व्यावसायिक संस्था अमेजनको आधिकारिक एजेन्टको रुपमा रहेको यो अनलाइन व्यवसायको औपचारिक उद्घाटन भने आगामी २० अक्टोबरमा गरिने युवा व्यवसायी कल्पनाले जानकारी दिइन् । सामाजिक संजालमा सक्रिय र स्मार्ट प्रयोगकर्ताको छवि बनाएकी बुटवलकी कल्पनाका हजारौं फलोअरहरु फेसबुक, टिकटक र इन्स्ट्राग्राममा रहेका छन् ।

2 वटा प्रतिक्रिया

  1. स्वागतयोग्य काम,परदेशमा पनि नेपाली पन र नेपाली सामग्रीहरु पाउनु भनेको हामी पर्देशी नेपाल झै अनुभव महशुस हुन्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्