सुमनसिंह पौडेल ,


जनताको बहुदलीय जनवादका सुत्रधार विलक्षण प्रतिभाका धनी मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद अब पूर्णत असफल भइसक्यो । परिस्थितिले यो भन्छ कि, जबजको मृत्यु नै भइसक्यो ।
खु्रस्चोबी संसोधनवादका तत्कालीन झल्लुराम नेपाली कम्युनिष्टले बर्ग समन्वयबादी नीति प्रतिपादन गरेर पँुंजीबादीसामु आत्मसमर्पण गरेवापत ‘नेपालमा कार्लमाक्र्स जिवित छन्’ भनेर चर्चा परिचर्चा पनि हासिल गरे । जबजले नेपाली कम्युनिष्ट आन्दोलनमा महाभ्रम दिन सफल भएपनि जबज सारत खु्रस्चोबी नीतिको नेपाली संस्करण अर्थात् पुँजीबादी लुटको सेवक थियो भन्न आज पनि उत्तिकै सान्दर्भिक छ ।
अहिलेसम्म त्यही जबजको खेती गरिरहेका कथित कम्युनिष्टभित्र भ्रमपूर्ण अवस्थामा रहेकाले अब त यो सवाल उठाउनु पर्छ कि –जबजअन्तर्गत नै हामीले दुईतिहाइ प्राप्त ग¥यौं, तर खोइ वैज्ञानिक समाजबाद ? जबजको उच्चतम कल्पना निर्वाचनमार्फत् दुईतिहाइ प्राप्त गरेर जनताको अधिनायकत्व स्थापित गर्नु थियो । तर, खोइ वर्तमान दुईतिहाइ त विदेशी साम्राज्यबादीको टाङमुनि छिरिसकेको छ ? राष्ट्रघात, जनघात र अपराधको नाइके बनिसकेको छ ?
यतिबेला कथित कम्युनिष्टभित्रका इमान्दारले त्यो इतिहासको निर्मम समीक्षा गर्न आवश्यक छ । विश्व सर्वहारा वर्गको विरुद्ध परिचालित नेपालका जबजवादीहरु अब त्यो भ्रमबाट मुक्त बनेर पुँजीवादी लुटेरा दुनियांको सेवक बनिसकेको पार्टीबाट बाहिर आएर वैज्ञानिक समाजबाद स्थापनाको आन्दोलनमा इमान्दार बनेर समाहित हुन आवश्यक छ ।
सायद, तत्कालीन समयका मदनले आफ्नो बिलक्षणता बर्ग समन्वयबादी धारमा होइन कि असलमा मालेमाबादी धारमा लगाएको भए, नेपाली कम्युनिष्ट आन्दोलनको यति लामो उतारचढावमा नेपाली जनता भ्रमित बनेर बस्नु पर्ने थिएन होला । तर अब भ्रममा नबसौँ, भुलचुक दलालहरुको क्याम्पमा गुजुल्टिएका इमान्दारले अब त्यहाँबाट बिद्रोह गरेर बाहिर आउनु पर्छ । सांच्चिकै कम्युनिष्ट सत्ता स्थापना गर्ने अधुरो कार्यभार पुरा गर्नु पर्छ ।
मृत जबजले पैदा गरेको भ्रम मध्यको अन्तिम भ्रम नै यो दुईतिहाइ हो, यसको दलालीकरण र अपराधीकरणसँगै जबजको अवसान खाली इतिहास मात्र बनिसकेको छ । प्रचण्डले जतिसुकै जनयुद्धको कुरा गरे पनि जनयुद्धका खलपात्र उनी बनिसके । त्यसैले त्यो कुनै पनि अर्थमा उनको रहेन, उनी त मात्र यतिबेला जबज नामक भ्रमको ब्याज खाएर न्याउरो बनिरहेका छन् । जतिसुकै प्रचण्ड कुर्ले पनि वर्तमान दुईतिहाइ नामक भ्रमको र त्यो पार्टीको नेतृत्वको मुख्य हकदार केपी ओली नै हुन् । उनैको माध्यमद्वारा राष्ट्रघात, जनघात, अपराध गर्दै त्यो पार्टीलाई जबजको कल्पना अनुरुपको दलीय प्रतिस्पर्धा मार्फत् बहुमतमा पु¥याए । जबज सर्वहाराको होइन, बुर्जुवा पुँजीपतिको हो भन्ने बिषय नेपाली जनताको अगाडी छर्लङग छ । त्यसैले जबजका जन्ती हुन् या मलामी सच्चा बाटो पक्र । विशाल क्रान्तिकारी ध्रुबिकरणको प्रकृयामा आऊ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्