बिर्तामोड , असोज १९ । झापा बिर्तामोडका एक जना बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

उपचारका लागि विराटनगरको नोवेल हस्पिटल विराटनगर लगिएका बिर्तामोड–५ का ८३ वर्षिय खत्री थरका बृद्धको हिजो दिउँसो ३.३० बजे मृत्यु भएको हो । ज्वरो र छातीमा समस्या भएर विराटनगर लगिएका ती बृद्धको असोज १८ गते त्यही स्वाब संकलन गरिएको थियो । हिजो राति ११ बजे उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । मृत्यु भएपछि ती बृद्धमा संक्रमण पुष्टि भएको हो । उनको लाश ल्याउने तयारी भइरहेको विराटनगर पुगेका बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । उनले लाश लैजानका लागि नेपाली सेनालाई बोलाइएको जानकारी दिए । योसँगै झापा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सँख्या १० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्